अनलाइनबाटै जोडी खोजिदिने ‘लमी’

काठमाडाैं | मंसिर २, २०८१

अनलाइनबाटै जोडी खोजिदिने ‘लमी’

काठमाडौं:     बिहेको महिना सुरु भएको छ । उमेर पुगेका जोकोही युवायुवतीले असल जीवनसाथीको खोजी गरिरहेका हुन्छन् । चाहे अनुसारको जोडी नपाइएका कारण कतिपयको विहे गर्ने उमेर पनि धकेलिँदै गएको हुन्छ । 

बाबुआमा र परिवारको करकापमा बिहे गर्ने चलन अहिल निकै कम छ । युवायुवतीहरु आफूले रोजेको र चाहेको व्यक्तिसँग लगनगाँठो कस्न चाहान्छन् । तर भनेजस्तो जीवनसाथी झट्ट पाउन पनि कठिन छ । 


जीवनसाथी खोज्न सघाउने उद्देश्यले पछिल्लो सयम नेपालमा पनि प्रविधिको सहारा लिन थालिएको छ । स्टार्टअप व्यवसायमा दखल भएका युवा पुस्ताले विभिन्न अनलाइन एपमार्फत उक्त सेवा दिन थालेका छन् । 


बागलुङका निशान सापकोटालगायत युवाहरुले खोलेको ‘लमी म्याट्रिमोनी सर्भिसेस’ कम्पनी पनि अहिले अनलाइनबाट बिहेका लागि जोडी खोजीदिने कार्यमा तल्लिन छ । 


अनलाइनमार्फत प्रेम जोडी र जीवनसाथी खोज्न उक्त व्यवसाय सुरु गरिएको कम्पनीका सामाजिक सञ्जाल व्यवस्थापक निशान सापकोटाले बताउनुभयो । तत्कालका लागि फेसबुक, इन्स्ट्राग्रामबाट उक्त सेवा सञ्चालन भइरहेको उहाँको भनाइ छ ।


 “यही मङ्सिर अन्तिमसम्ममा कम्पनीको एप र वेभसाइट सञ्चालनमा ल्याउँदैछौँ”, उहाँले भन्नुभयो, “फेसबुकमा रहेको ‘लमी–म्यारी फर रिजन’ र इन्स्ट्रागाममा ‘लमी–नेपाल’ पेजमार्फत उक्त व्यवसाय प्रवद्र्धनको काम भइरहेको छ ।”


इच्छुक युवा वा युवतीले उक्त पेजमा सन्देश पठाउँदासाथ सम्बन्धित व्यक्तिकोमा फारामसहितको गुगल लिङ्क पुग्ने सापकोटाले उल्लेख गर्नुभयो । फाराममा व्यक्तिगत विवरण भरेर पठाएपछि दुई पक्षबीचमा समन्वयको काम कम्पनीले प्रतिनिधिले गरिदिने उहाँको भनाइ छ ।  सेवा प्रवाहका क्रममा पूर्ण रुपमा व्यक्तिगत गोपनियता कायम गर्ने गरिएको सापकोटाले बताउनुभयो ।  


सम्बन्धित व्यक्तिले इच्छाएको खण्डमा मात्र व्यक्तिगत विवरण अनलाइन माध्यममा सार्वजनिक गर्ने गरिएको उहाँले बताउनुभयो । उक्त सेवाबापत न्यूनतम शुल्क लिने गरिएको छ । अहिलेसम्म ५० जना सम्भावित जोडीबीच कुराकानी गराइएकामा काठमाडौँका एक जोडीको मात्र बिहे भएको सापकोटाले जानकारी दिनुभयो । 


व्यक्तिगत विवरण सार्वजनिक गर्न नचाहने व्यक्तिलाई गोप्य माध्यमबाट सम्पर्क र समन्वय गराइदिने काम कम्पनीका प्रतिनिधिले गर्ने गरेका छन् । व्यक्तिगत इमेल ठेगाना र टेलिफोन अनिवार्य चाहिने भएकाले अनावश्यक व्यक्तिले विवरण पठाउने सम्भावना नरहने सापकोटाले बताउनुभयो । 


कम्पनीले काठमाडौँको मैतीदेवीमा कार्यालय स्थापना गरेर गत भदौदेखि सेवा सञ्चालनमा ल्याएएको हो ।


उक्त सेवासँगै विवाहका लागि फोटो, भिडियो र इभेन्ट म्यानेजमेन्ट सेवा पनि दिने तयारी भइरहेको कम्पनीले जनाएको छ । कम्पनीमा सापकोटासहित छ जना युवा आबद्ध रहेका छन् । नेपालमा जीवनसाथी खोज्न सघाउने अन्य  अनलाइन ‘एप’ पनि सञ्चालनमा छन् ।

मकवानपुरः    मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले  आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् ।   प्रहरीचौकी पदमप...

थप पढ्नुहोस्

पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...

थप पढ्नुहोस्

कञ्चनपुरः  बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर लुहार परम्परागत आरन पेसाको भरमा परिवारको जीविका चलाउँदै आउनुभएको छ । शुक्लाफाँटा नगरपालिका–८ फुलेलीमा आरन सञ्चालन गर्दै उहाँल...

थप पढ्नुहोस्